ललितपुर, साउन ४ । ललितपुर महानगरपालिकाका पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको ललितपुर नख्खुस्थित विष्णुदेवि (यपा द्यः) मा अन्तिम संस्कार गरिएको छ ।
पुर्व मन्त्री समेत रहेका ललितपुर महानगरपालिकाका पुर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको हिजो श्रावण ३ गते शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । ८९ वर्षको उमेरमा निधन भएका बज्राचार्यको सम्मानमा ललितपुर महानगरपालिकाले आज एक शोक बिदा दिएको छ । बज्राचार्यको पार्थिव शरीरलाई आज दिउँसो श्रद्धाञ्जलीका लागि बौद्ध विहारमा राखिएको थियो ।
२०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।