Kath Khabar
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

                      काठमाडौं, साउन ४ । साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउदको शनिबार निधन भएको छ । उनी विगत २० वर्षदेखि कोमामा थिए । उनलाई 'सुतिरहेको राजकुमार' (Sleping Prince) भनेर चिनिन्थे । 

अप्रिल १९९० मा जन्मिएका राजकुमार अल वालिद साउदी राजपरिवारका एक प्रख्यात राजकुमार खालिद बिन तलाल अल साउदका जेठा छोरा र अर्बपति राजकुमार अल वालिद बिन तलालका भतिजा थिए ।

सन् २००५ मा १५ वर्षको उमेरमा बेलायतको एक सैन्य कलेजमा ट्रेनिङको क्रममा एक भीषण सडक दुर्घटना भयो । उक्त दुर्घटनामा उनलाई गम्भीर मस्तिष्क चोट (ब्रेन इन्जरी) र आन्तरिक रक्तस्राव भयो । त्यसपछि उनी कोमामा गएका थिए । 

साउदी सरकारले प्रिन्सको उपचारका लागि अमेरिका र स्पेनबाट विशेषज्ञ डाक्टरहरूको टोली बोलाएको थियो । यद्यपि उनी कहिल्यै पूर्ण रूपमा होशमा फर्कन सकेनन् । कहिलेकाहीं उनको शरीरमा हल्का हलचल देखिन्थ्यो, जसले परिवारलाई आशा दिलाइरहन्थ्यो । उनका परिवारले कहिल्यै हार मानेन, उपचार जारी राखे ।

डाक्टरहरूले उनलाई चिकित्सकीय रूपमा अचेत र बेहोस अवस्था घोषित गरेका थिए । तर उनका पिता प्रिन्स खालिदले उपचार बन्द गर्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए ।

प्रिन्स अल वलीदको अवस्थाबारे समय–समयमा सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक हुने गर्थे । सामाजिक सञ्जालमा उनलाई लिएर जस्ता ह्याशट्यागहरू ट्रेन्ड गरिरहन्थे ।

 


 

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update