प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम स्थगित
काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । उक्त कार्यक्रम अर्को दिनलाई सारिएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विगत एक वर्षमा सरकारका प्रमुख उपलब्धिहरू, आगामी प्राथमिकताहरू र संघीय संसदमा प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूले उठाएका समसामयिक मुद्दाहरूमा केन्द्रित रहने जनाइएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय