Kath Khabar
घुस लिएको आरोपमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार पुगेर दिइन् बयान

                                      काठमाडौं, साउन ७ । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियारमा बयान दिएकी छन् । बुधबार श्रेष्ठसँग घुस लिएको आरोपमा अख्तियारले बयान लिएको हो । 

पोखरास्थित मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न र अर्को जग्गा प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ आरोपमा जोडिएकी श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी हुन् । पूर्व भूमिसुधार मन्त्री श्रेष्ठले घुस मागेको प्रमाण फेला परेपछि अख्तियारले उनलाई हाजिर हुन पत्र पठाएको थियो । 

यसअघि, राजीनामा दिएका मन्त्री गुप्ताको पनि मंगलबार भ्वाइस परीक्षण गरिएको थियो भने बिचौलिया सुजन लामाले पनि बयानसहित भ्वाइस टेस्ट दिइसकेका छन् । अख्तियारले श्रेष्ठसँग सार्वजनिक अडियोको आधारमा भ्वाइस टेस्ट र थप सोधपुछ गरेको हो ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update