पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् । भण्डारीले दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन आयोजना लागेकी हुन् ।
भण्डारीको आजको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई केन्द्रीय कमिटी बैठकले राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने भन्दै रोक लगाएको छ । पूर्व राष्ट्रपति भण्डारीले भने आफू पछाडि नहट्ने बताइसकेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय