प्रतिनिधिसभाको बैठक बस्दै, 'तिलगंगा नेत्र विश्वविद्यालय विधेयक' पेश हुँदै

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाको आजको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको 'तिलगंगा आँखा प्रतिष्ठान विधेयक, २०८१' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ रहेकाे छ ।
यो विधेयक आँखा स्वास्थ्य शिक्षा, शिक्षण र अनुसन्धानको क्षेत्रमा उत्कृष्टता केन्द्रको रूपमा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने, विशेष हेरचाह सहितको स्वास्थ्य सेवा प्रदान गर्ने, र आँखा स्वास्थ्यको क्षेत्रमा नवीनतम प्रविधिहरूको विकास र विस्तार गर्नेसँग सम्बन्धित छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय