Kath Khabar
पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ?

                            काठमाडौं, साउन ९ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

शुक्रबार बबरमहलस्थित कार्की ब्याङ्केटमा विशेष पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जनाउँदै कुनै महत्त्वाकाङ्क्षा नभएको पनि उनले प्रष्ट पारेकी छिन् । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक जीवनबाट टाढा नहट्ने संकेत दिदै भनिन्, - “म राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्पमा पुगेकी हुँ, यो मेरो संवैधानिक अधिकार हो । म राजनीतिबाटै राष्ट्रपतिको पदमा पुगेकी हुँ र अब पुनः पार्टीमार्फत जनताको सेवा गर्न तयार छु।” 

"म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन ।" उनले भनिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update