Kath Khabar
कुमा सागरको फेरी अर्को लाइभ प्रस्तुती हुँदै

                   काठमाडौं, साउन १० । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै गायन शैली र व्यक्तित्वका कारण युवाहरु माझ छाइरहेका कुमा सागरले फेरी अर्को लाइभ प्रस्तुती दिदैछन् ।

'कुमा सागर एण्ड द ख्वपः ब्यान्ड' को सांगीतिक कार्यक्रम 'Feel the music live with Kuma Sagar & the khowpa' यहि साउन १७ गते शनिबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुदैछ ।

कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ । पिरामिड भेन्चर्स प्रा.लि ले आयोजना गर्न लागेको यस कार्यक्रममा कुमा सागर सहित कलाकार कमल खत्री र द एडप्टर्स व्याण्डको पनि सहभागिता रहनेछ । इच्छुक दर्शकहरुले खल्तीको एपमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।  

फरक पहिचान बोकेर हिडेका कुमा आधुनिक संगीतको दुनियाँमा फरक स्वाद पस्किने गायक हुन् ।  उनको गीतमा झल्किने मौलिक नेवारी वाद्यवादन र लवजलाई दर्शकहरुले मनपराएका छन् । उनका गीतहरूमा परम्परागत वाद्ययन्त्र र धुनहरू हुन्छन्, जसले प्राचीन ध्वनिहरूलाई पुनर्जीवित गर्दछ । कुुमका गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय छन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update