सांसद डा. अमरेशकुमार सिंहले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर

काठमाडौं, साउन ११ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रवि लामिछानेको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् । सांसद सिंहले आज रास्वपा कार्यालय वनस्थली पुगेर रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।
लामिछानेविरुद्ध भइरहेको कारबाही अन्यायपूर्ण भएको बताएका छन् । सिंहले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्र भएको उल्लेख गर्दै, ठूला दलहरुले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण बोकाएको उनको आरोप छ ।
उनले अहिले जताततै भ्रष्टाचारमात्रै रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण र वाईडबडीको भ्रष्टाचारको बारेमा छानबिन नभएको पनि गुनासो गुनासो गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय