Kath Khabar
चितवनमा लोडसेडिङ भएकाे होइन : हितेन्द्रदेव शाक्य

                               काठमाडौं, साउन ११  ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने चर्चा सत्य नभएको प्रष्ट पारेका छन् ।

हिजो नेपाल विद्युत प्राधिकरणले चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी गरेपछि सञ्चारमाध्यमले चितवनमा लोडसेडिङ सुरु भएको समाचार प्रकाशित गरेका थिए ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चितवनमा अहिले भइरहेको विद्युत् आपूर्तिको अवरोध मर्मत तथा सबस्टेशन स्तरोन्नतिको कारण भएको स्पष्ट पारेका हुन्  । ‘यो लोडसेडिङ होइन, मर्मतको लागि आवश्यक आपूर्ति बन्द मात्रै हो,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update