Kath Khabar
रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

                          काठमाडौं, साउन १६ ।  निर्वाचन आयोगले रुपन्देही ३ को उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ ।

सार्वजनिक सूचनाअनुसार उपनिर्वाचनमा सहभागी हुन चाहने दलहरुले यही साउन २१ देखि २७ गतेसम्म कान्तिपथस्थित आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिनुपर्नेछ ।

आयोगले उपनिर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । उम्मेदवार मनोनयन असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । उम्मेदवारको सूची प्रकाशन सोही दिन साँझ हुनेछ । असोज २४ गते अन्तिम नामावली प्रकाशन हुनेछ  । मतदान कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ  । 

रुपन्देही क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पछि सो क्षेत्रमा जनप्रतिनिधि रिक्त रहेकोले उक्त स्थान पदपुर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update