अब लाइसेन्सको म्याद १० वर्ष

काठमाडौं, साउन १६ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै यातायात व्यवस्थापन ऐन, २०४९ अन्तर्गत विद्यमान पाँच वर्षे प्रावधानलाई आधिकारिक रूपमा दश वर्ष पुर्याइएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब नयाँ जारी गरिएका र नवीकरण गरिएका दुवै लाइसेन्स अब १० वर्षको लागि मान्य हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय