कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने तयारी
काठमाडौं, साउन १८ । कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आज साँझ ५ बजेका लागि बोर्डको बैठक बस्ने तयारी रहेकाे छ ।
कुनै प्राविधिक समस्या नआएमा नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार हिजो आइतबार डेमो गरिएको थियो । गत वर्षहरुका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गरिनुपर्ने भएपनि यसपटक गत चैतदेखि शिक्षकहरूले २९ दिन लामो आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय