Kath Khabar
भक्तपुरको गाईजात्रामा भएको झडपमा संलग्न तीनजना पक्राउ, अन्यको खोजी जारी

                               भक्तपुर, साउन २७ । आइतबार राति गाइजात्राकाे बेला भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त झडपमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका-५, भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५, साकोठाका ३४ वर्षीय राज कपाली रहेका छन् ।

भिडियोमा युवाहरूको एक समुहले एउटा युवकलाई लखेटेर मुक्का वर्षाउछन् । लाठी जस्तो देखिने केहि वस्तुले उनको टाउकोमा बजार्छन् र ती पिटाई खाने युवक ढल्छन् त्यसपछि उनी बेहोस जस्तै हुन्छन् । तैपनि उनीहरु लात्ती वर्षाउन छोड्दैनन् । एक युवक आएर ति केटाहरुलाई रोकेपछि उनीहरु अर्को साइडतिर लागेर फेरी अर्को युवक माथि जाइलाग्छन् ।  

उक्त घटनामा संलग्न केही घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update