Kath Khabar
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै

                               काठमाडौं, साउन २८ । प्रतिनिधिसभाको बैठक आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्केका हुन् ।

यस्तै, आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update