काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि झडप
काठमाडौं, साउन ३० । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि नगर प्रहरी र सुकुम्बासीबीच झडप भएको छ । कडा सुरक्षाका बावजुद नगर प्रहरी र सुकुम्बासी बस्तीबीच झडप पनि भएको छ ।
शुक्रबार बिहान नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वमा महानगरकाे टाेली काठमाडौं–भक्तपुर सीमाना नजिक मनोहरा खोलाको किनारमा रहेका संरचना हटाउन पुगेको थियो । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा झडप, ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीयले नगर प्रहरीमाथि ईंटा, ढुंगा प्रहार गरेका थिए । यसैगरी नगर प्रहरीले पनि लाठीचार्ज गर्दै स्थानीयलाई लखेटेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय