Kath Khabar
एलिभेट लाउञ्ज एण्ड बारमा विशेष सांगीतिक कार्यक्रम 'नाचौं तिजमा' आयोजना हुँदै

                           काठमाडौं, साउन ३० । यहि भदौ ४ गते काठमाडौंमा विशेष तीज कार्यक्रम आयोजना हुने भएको छ । न्यूरोडकाे रञ्जनागल्लीस्थित एलिभेट लाउञ्ज एण्ड बारमा 'नाचौं तिजमा' नामक तीज विशेष सांगीतिक तथा नृत्य कार्यक्रम आयोजना हुने भएको हाे ।

फेरि एकपल्ट दिदीबहिनीहरू तिजको गीतमा झुम्दै, रंगीन पहिरनमा सजिँदै मिठा गीतसंगीतसँगै मिलनको हर्षयात्रा लिएर एकै ठाउँमा भेला हुँदैछन्  । यस तीज कार्यक्रमले सबैलाई नाच र उमङ्गमा डुबाउनेछ । 

मिस नेपाल २०२५ र काठ खबरको प्रस्तुति रहेको यस कार्यक्रममा तीजको परम्परागत नृत्य र मनोरञ्जनात्मक कार्यक्रमहरू समेटिने आयोजकले जनाएका छन् । कार्यक्रममा उत्कृष्ट नाच र उत्कृष्ट पहिरन (Apperance) का लागि आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कार्यक्रमका डाइरेक्टर बिनोद सिंहले जानकारी दिनुभयाे । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा स्न्याक्स, डिनरमा मटनका साथै र कम्प्लिमेन्ट्रीको रूपमा ड्रिंकहरू उपलब्ध हुने उहाँले बताउनुभयाे । कार्यक्रमका सहभागीहरूले रू १५०० काे टिकट काट्नु पर्नेछ । 

कार्यक्रममा चर्चित गायिका ज्योति मगर, मिस नेपाल तथा कलाकार रुबी राणा, गायिका पुजा लामा, मोडल तथा कलाकार सृष्टि खड्का जस्ता चर्चित कलाकारहरुकाे उपस्थितिसँगै रमाउन पाइनेछ । कार्यक्रमको विशेष प्रायोजकहरूमा हिमालयन प्रिमियम लेजर बियर, घरको ट्वाक्क अचार, श्याम बेकरी, भेरोनिका स्पा एण्ड ब्यूटी होम, एक्स्ट्रीम एनर्जी ड्रिंक लगायतका ब्रान्डहरू रहेका छन् ।

 

photo-1755256333.JPG
कार्यक्रममा सहभागी हुने कलाकारहरु


 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update