Kath Khabar
रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिने

                      काठमाडौं, साउन ३० ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जिम्मेवारी सम्हाले लगत्तै शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।  लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।

लामिछानेले माग गरेको सरुवालाई अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेको भएपनि गृहमन्त्री लेखकको निर्देशनमा सरुवाको निर्णय रोकेको भन्दै आलोचना भइरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update