Kath Khabar
आयल निगमको गेट हुँदै नख्खु कारागार लगियो रवि लामिछानेलाई

                     काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार लगिएको छ ।

भैरहवाबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएका लामिछानेलाई आयल निगमको गेटबाट निकालिएको छ । नख्खु कारागार अगाडि उनका समर्थकहरुको ठूलो भिँड लागेको छ । कारागार परिसर वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरेर ल्याइएको हो ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update