Kath Khabar
दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा

                              काठमाडौं, भदौ २ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

 प्रसाईंले राजनीतिले देशको अवस्था बिग्रिएको र आफू र उनका समर्थकहरू नयाँ दल स्थापना गर्न प्रतिबद्ध रहेको बताए ।  ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको देश सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ उनले भने ।  उनले दलको नाम भने केहि समयपछि घोषणा गर्ने बताएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update