Kath Khabar
रवि लामिछाने अस्वस्थ, कारागारमै स्वास्थ्य परिक्षण

                           काठमाडौं, भदौ ३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन् । आइतबार मात्र ललितपुरको नक्खु कारागारमा सारिएका उनको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरुको टोली कारागार लगिएको थियो ।

सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न कारागार पुगेका थिए । त्यसक्रममा केही अस्वस्थ भएको महसुस गरेकाले उनले स्वास्थ्य जाँचका लागि आग्रह गरेका थिए । लामो समय हावा, घाम नपाएको र अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्ने उनको भनाइ छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

जन्डिस भएको आशंकामा सोमबार दिउँसो रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको र रिपोर्ट नआइसकेको बताइएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update