Kath Khabar
उपसभामुख राणालाई हटाउने प्रस्तावमाथि छलफल गर्न सिंहदरबारमा बैठक

                               काठमाडौं, भदौ ३ ।  उपसभामुख इन्दिरा राणा मगरलाई हटाउने प्रस्तावमाथि छलफल गर्न सत्तारुढ गठबन्धनको आपतकालीन बैठक सिंहदरबारमा बसिरहेको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा गठबन्धनका साझेदारहरू साथै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीकी सांसद अनिता देवी सहभागी छन्। नेपाली कांग्रेस र नेकपा-एमाले उपसभामुखलाई हटाउन हस्ताक्षर अभियान सुरु गरिसकेका छन् र अब अन्य गठबन्धनका साझेदारहरूलाई पनि यसमा सामेल गराउन खोजिरहेका छन्।

हाल, रूपन्देही-३ का सांसद दीपक बोहराको मृत्युपछि प्रतिनिधि सभामा २७४ सक्रिय सदस्यहरू छन्। संसदीय नियम अनुसार, सभामुख वा उपसभामुखलाई हटाउन दुई तिहाइ सांसदहरूको समर्थन चाहिन्छ । दुईतिहाइ पुग्न १८३ सांसद आवश्यक पर्छ तर मतदानका लागि कांग्रेसका ८७ र ७८ सांसद छन्। जसले गर्दा प्रस्ताव पारित गर्न साना दललाई साथमा लिनुपर्नेछ।

कांग्रेसका अन्य सांसद्‍हरूले हस्ताक्षर गरिरहँदा शेखर कोइराला समूहले भने अस्वीकार गरेको छ। यस्तै जनमत पार्टीले रानालाई हटाउन समर्थन गर्ने भएको छ ।

गृहमन्त्री लेखकमाथि विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप लगाएपछि यस अगाडि नै मानव तस्करीमा मुछिएको भन्दै उपसभामुखको राजीनामा माग गर्नुपर्ने अडान राख्न कांग्रेसलाई दबाब बढाएको थियो।

उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिको नाम राखेर पत्राचार गरेको विषयलाई लिएर संसदमा पक्षरविपक्षमा विरोध भएको थियो। उक्त विषय सार्वजनिक भएपछि कांग्रेसले उपसभामुखको राजीनामा माग गरेको थियो।

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update