प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने

काठमाडौ, भदौ ४ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय