
अफगानिस्तान, भदौ ४ । अफगानिस्तानको हेरात प्रान्तमा भएको बस दुर्घटनामा १७ बालबालिकासहित ७९ जनाको मृत्यु भएको छ । मृतकहरू मध्ये अधिकांश इरानबाट जबरजस्ती फर्काइएका अफगान आप्रवासी रहेका तालिबान अधिकारीहरूले जनाएका छन् ।
मङ्गलबार राति काबुलतर्फ गइरहेको बस ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी हुँदा दुर्घटना भएको हो । बसमा सवार सबै यात्रु र अन्य दुई सवारीमा रहेका दुई जनाको ज्यान गएको हो। हेरात प्रहरीले चालकको तीव्र गति र लापरबाही दुर्घटनाको कारण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा बस आगोमा जलेको देखिन्छ र वरिपरि मानिसहरू आतिनुका साथै त्रसित अवस्थामा देखिन्छन्। बसमा इरानबाट निर्वासित गरिएका अफगान नागरिकहरू सवार थिए, जसले इस्लाम कला सीमा नाका पार गरी काबुलतर्फ यात्रा गर्दै थिए। सईदीका अनुसार, “बसमा सवार सबै यात्रु प्रवासी मजदुरहरू थिए जसले इस्लाम कला क्षेत्रबाट आफ्नो यात्रा सुरु गरेका थिए।”
प्रान्तीय सरकारका प्रवक्ता अहमदुल्लाह मुत्ताकीले जानकारी दिएअनुसार दुर्घटना हेरात शहर बाहिर गुजारा जिल्लामा बसको तीव्र गति र लापरवाहीका कारण भएको हो। बसले पहिला मोटरसाइकललाई ठक्कर दिएको र त्यसपछि इन्धनले भरिएको ट्रकसँग ठोक्किएपछि आगलागी भएको हो।
प्रहरीले पनि जानकारी दिएको अनुसार बसमा रहेका सबै यात्रुहरू प्रवासी थिए जसले इस्लाम कला नाकाबाट यात्रा सुरु गरेका थिए। तीन जना यात्रु उक्त दुर्घटनाबाट जीवित बच्न सफल भए भने ट्रक तथा मोटरसाइकलमा सवार चार जना पनि मृतकहरूमा परेका छन्।
एपिएफका अनुसार दुर्घटनापछि सडकमा बस जलेको अवस्था र अन्य दुई वटा सवारीसाधनका क्षतिग्रस्त अवशेष देखिएका थिए।