Kath Khabar
माओवादी अध्यक्ष प्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै

                               काठमाडौं, भदौ ४ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरस्थित नख्खु कारागार जाने भएका छन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ ।  लामिछानेलाई गत शनिबारमात्र भैरहवा कारागारबाट नख्खु कारागार सारिएको हो । नख्खु सारेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई भिटामिन डीको कमी भएको डाक्टरहरुले जानकारी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update