Kath Khabar
प्रचण्डसँगको भेटमा रवि लामिछानेले केके भने ?

                            काठमाडौं, भदौ ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागार पुगेर भेटेका छन् ।

भेटपछि अध्यक्ष दाहालले रवि लामिछाने दुब्लाएको बताएका छन् ।  उहाँको स्वास्थ्य अहिले सुधार हुँदैछ, तर उहाँ दुब्लाउनु भएको छ । उहाँ कमजोर भएको अनुहार मै देखिन्छ, उनले बताए ।

‘मेरो क्याबिनेटको उहाँ दुई पटकको गृहमन्त्री पनि हो । अभिभावकको नाताले उहाँको अवस्था बुझ्नु स्वभाविक नै हो । भैरहवा पनि जान चाहेको थिएँ । तर, जान पाएको थिइनँ’ उनले भने । लामिछानेले प्रचण्डसँगको भेटमा पहिलेदेखि भन्दै आएको कुरामा गुनासो पोखेको बताए ।  ‘मेरोजस्तो केसमा थुप्रैले उन्मुक्ति पाउने । मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिको भनाइ नै राख्नुभयो । उनले भने ।

भेटमा उपसभामुख इन्दिरा रानाको पद हटाउने कदमको विषयमा पनि छलफल भएको बताइएको छ । उनले इन्दिरामाथि मात्रै अन्याय नभएर संविधान, लोकतन्त्रमाथिको प्रहार भएको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update