Kath Khabar
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

                        काठमाडौं, भदौ ५ ।  प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।  आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले 'वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update