रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर संकलन, ६५ लाख सहयोग
काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा अहिलेसम्म ३४ लाखले हस्ताक्षर गरेका छन् ।
लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध गरिएको हस्ताक्षर ३४ हजार पुगेको पार्टी प्रवक्ता मनिष झा ले जानकारी दिएका छन् । हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ६५ लाख सहयोग संकलन भएको छ । झा का अनुसार यो बिहीबारसम्मको डाटा हो । राजनीतिक प्रतिशोध गरेर रविलाई थुनिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । रास्वपाकाे हस्ताक्षर अझै जारी छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय