Kath Khabar
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच आज भेटवार्ता

                       काठमाडौं, भदौ १६ । सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा उनीहरूले दुई देशबीचको सम्बन्ध, व्यापार विस्तार र लगानीका क्षेत्रहरू लगायत विभिन्न विषयमा छलफल गरेका छन् । दुवै प्रधानमन्त्रीले दुई देशबीचको पारस्परिक सहयोगका विभिन्न पक्षहरूका साथै उच्चस्तरीय भ्रमण आदानप्रदानका बारेमा पनि कुराकानी गरे, प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्व उपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं सांसद छबिलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।

 

541384580_699219613143083_3346475016368395424_n-1756714057.jpg
541122515_699219566476421_6165028492777187062_n-1756714055.jpg
541354527_699219813143063_5938016983087409903_n-1756714057.jpg

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update