रेलमार्गबाट बेइजिङ पुगे प्रधानमन्त्री केपी शर्मा ओली
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, भदौ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो ।
ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । बेइजिङमा ओली उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्नेछन् र उपराष्ट्रपतिद्वारा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
भ्रमणको अन्त्यमा प्रतिनिधिमण्डल भदौ १८ गते फासिवादविरुद्धको विश्वयुद्ध र जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी भई नेपाल फर्कनेछ ।


 
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १३:१४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
