निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं, भदौ १७ । सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
मङ्गलवार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो ।
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय