Kath Khabar
फेसबुक,  युट्युब लगायत दर्ता नभएका २६ वटा सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारकाे निर्णय

                            काठमाडौं, भदौ १९ । सरकारले आजदेखि फेसबुक, ट्विटर (एक्स) र युट्युब लगायत दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको छ। 

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएकाे छ । दर्ता हुन आएमा साेही समयदेखि नै पुनः सक्रिय गराइने सूचनामा बताइएकाे छ । 

"सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन तोकिएको समय सिमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सवै सरोकारवालालाई जानकारी गराइन्छ", सूचनामा उल्लेख गरिएको छ ।

 

Capture-1756977386.JPG
 

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update