जेनजीको विरोध प्रदर्शनमा तीन जना पत्रकार घाइते
नेपाली सेना खटाइएयाे
काठमाडौं, भदौ २२ । जेनजीको विरोध प्रदर्शनमा तीन जना पत्रकार घाइते भएका छन् ।
घाइतेहरूमा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ रहेको बताइएको छ । उनीहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय