Kath Khabar
१९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

                         काठमाडौं, भदौ २२ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । जेनजी प्रदर्शनमा प्रहरीले दमन गर्दा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ३४७ जना घाइते भएका छन् । यस घटनापछि गृहमन्त्री, प्रधानमन्त्रीसहित सरकारको आलोचना चौतर्फीरुपमा भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update