प्रदर्शनकारीहरूले गरे संसद भवनमा आगजनी
काठमाडौं, भदौ २४ । आक्रोशित जेनजी प्रदर्शनकारीहरूले आज बानेश्वरमा रहेको संसद भवनमा आगजनी गरेका छन् ।
सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन छिरेर तोडफोड तथा आगजनी गरेका हुन् ।
सोमबार जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यसको दोस्रो दिन आज प्रदर्शनकारीहरु आक्रामक बनेर उत्रिरहेका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

