Kath Khabar
अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुँदै

                  काठमाडौं, भदौ २६ । अन्तरिम सरकारको नेतृत्वका लागि आज आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुने भएको छ ।

नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज बिहीबार बिहानदेखि छलफल हुने भएको हो । आजको छलफलले निर्णय गर्ने उनको विश्वास छ ।

बुधबार जेनजी नेताबीच नेतृत्वका विषयमा विवाद हुँदा औपचारिक छलफल आजका लागि सारिएको हो । नेपाली सेनाले आन्तरिक सहमति कायम गरी वार्तामा आउन आग्रह गरेको थियो ।

वार्तामा अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि राखेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पनि स्वीकार गरेकी छन् । ‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्  ।

यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नेतृत्वका लागि तयार भएको बताए । तर जेनजीका प्रतिनिधिहरूले कार्कीको नाम दिएको उनले बताए ।

आजको वार्ताले अन्तरिम सरकार गठन र संवैधानिक प्रक्रिया अघि बढ्ने सम्भावना रहेको देखिन्छ भने परिस्थिति शान्ति र सहमतिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update