Kath Khabar
आज निषेधाज्ञा तथा कर्फ्यु केहि खुकुलो

                       काठमाडौं, भदौ २६ । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु केहि खुकुलो बनाएको छ । 

जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान  ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।

पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ ।

 

jungi-1757565834.jpg
 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update