राष्ट्रपति रामचन्द्र पौडेलको अपिल
                        
                        
                                                
                                            काठमाडौं, भदौ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट निकास दिन र शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई सहयोगी बन्न बिहीबार अपिल गरेका छन् ।
पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन अपिल गरेका हुन् । उनले भनेका छन्, ‘संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु।’
राष्ट्रपति पौडेलले सबै पक्षलाई संयमतापूर्वक समस्या समाधानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

 
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १६:२८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
