Kath Khabar
राजेश पायल र सुनिताको स्वरमा ‘माया हजुर २ ’ सार्वजनिक

काठमाडौं, साउन २७ । राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ ।

चौबन्दी चोलीले, गुडी जाने रेल, दिक्तेल बजार, झुम्के माया, माया हजुर, सोल्टिनी ज्यु, चरी भए भुरुरु जान्थेँ उडेर, दिक्तेल बजार–२, माथी है पर्यो, माली गाइको दहि मीठो, नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।

गीतमा राजेश पायल र सुनिताको अभिनय रहेको छ । डा सुमाया राईको शब्द रहेको यो गीतमा डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई आसिक जगेवूले छायाँंकन गर्नुभएको छ । गीतलाई निकै आकर्षकरुपमा प्रस्तुत गरिएको छ  । मौलिक सस्कृति जर्गेना गर्न पनि माया हजुर गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहेको संगीतकार डि आर अटुले बताउनुभयो । फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए । आम दर्शकको भावना अनुरुप नै अडियो तथा भिडियो निमार्ण गरिएको निर्माण पक्षले बताएको छ  ।

भिडियो लिंक
"https://www.youtube.com/embed/NT1PerspiLM

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update