Kath Khabar
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी

                काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

प्रमुख राजनीतिक दलहरू र जनरल जेड विरोध आन्दोलनका प्रतिनिधिहरू बिहीबार साँझ एक महत्वपूर्ण सम्झौतामा पुगेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने तय भएको छ । जेनजी प्रतिनिधिको सिफारिसमा प्रधानमन्त्री बन्न लागेकी कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।

अब तुरुन्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिनेछ र कार्कीले राति ९ बजेसम्म शीतल निवासमा शपथ लिने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार शितल निवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update