Kath Khabar
मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

काठमाडौं, साउन २७ । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जित्नुभएको छ । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँँले उपाधि जित्नुभएको हो । यस्तै फस्ट रनर अप याङ्गछेन लामा र सेकेन्ड रनर अप शुभेच्छा निरौला घोषित हुनुभएको छ । मिस नेपाल नर्थ अमेरिका-२०२१ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिनुभएको थियो ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित हुनुभएको थियो । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक रहनुभएको थियो । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताउनुभयो । बिजेता गरिमाले केही गीत स्वर भर्ने संगै मोडलिङ्ग समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update