अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण, बजेट कार्यान्वयन कार्यदल गठन
काठमाडौं, भदौ ३० । अर्थमन्त्री रामेश्वर खनालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणमा मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
अर्थमन्त्रीले बजेटमा समावेश नभएका र पर्याप्त तयारी नभएका परियोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि परियोजनाको प्राथमिकता तोक्ने उद्देश्यले तीन सदस्यीय कार्यदल गठन गरेका छन् । यो कार्यदल मन्त्रालयको बजेट महाशाखाका प्रमुखको समन्वयमा गठन गरिएको हो ।
“अब हामीलाई निर्वाचन सम्पन्न गर्नुपर्नेछ र युवाहरूको माग सम्बोधन गर्नुपर्नेछ। त्यसैले अनावश्यक बजेट काटिनेछ,” मन्त्री खनालले भने ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय