Kath Khabar
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

                          काठमाडौं, भदौ ३० । सरकारले जेनजीको विरोध प्रदर्शनका क्रममा भएका सबै घटनाहरूको छानबिन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँच आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवस मनाउने, सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको बताए । 

यस्तै, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने, जेनजी प्रदर्शनमा मृत्यु भएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने बैठकले निर्णय गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update