काठमाडौं, असोज १ । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जना युवाको मृत्यु भएपछि अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक घोषणा गरिएको हो ।
सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरू बन्द रहनेछन् भने राष्ट्रिय झण्डा आधा झुकाइने छ । मंगलबार मृतक युवाहरूको शवयात्रा र पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो ।
आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । काठमाडौं बाहिरका युवाहरुको शव भने हेलिकप्टर मार्फत उनीहरुकै जिल्लामा पुर्याइएको छ ।