Kath Khabar
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता सम्पन्न

                                 काठमाडौं, असोज २ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता सम्पन्न भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुई जना बिच लगभग आधा घण्टा भएको कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए ।

नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

 

"नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुषिला कार्कीसँग आत्मीय वार्ता गरें। हालै भएको दुखद घटना र ज्यान गुमाउनेहरुप्रति हार्दिक समवेदना प्रकट गरें र शान्ति तथा स्थिरता कायम गर्न उहाँको प्रयासप्रति भारतको दृढ समर्थन पुनः पुष्टि गरें। साथै, मैले उहाँलाई र भोलि हुने राष्ट्रिय दिवसको अवसरमा नेपालका जनतालाई हार्दिक शुभकामना व्यक्त गरें।"

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update