Kath Khabar
सिंहदरबारभित्र आगजनी गरिएका सवारीसाधनहरू हटाइदै,  विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरभित्र राखिने

                                 काठमाडौं, असोज ३ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारीसाधनहरू हटाउन सुरु गरिएको छ ।

आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा क्षतिग्रस्त भएका सयौँ सवारीसाधन सिंहदरबारबाट निकालेर नयाँबानेश्वरस्थित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरभित्र राखिनेछ ।

हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू क्रेनको सहायताले हटाउने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधन हटाइसकिनेछ ।

 

Capture-1758280088.JPG
sii-1758279873.JPG
sing-1758279871.JPG
sii-1758279873.JPG
 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update