जेनजी आन्दोलनमा देशभरि भएका घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं, असोज ५ । जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो। समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
कानुनमन्त्री अर्यालका अनुसार उक्त जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ २२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय