काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीसँग भेट भए लगत्तै बुधबार उनले अध्यादेश जारी गरेका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियाे । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
जेनजी मतदातालाई सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम लेखाउने अवसरका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश सिफारिस भएको थियो ।


