Kath Khabar
बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा

                    काठमाडौं, असोज ९ । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमा आफ्नो राजीनामा बुझाएका हुन् । उनले पार्टीको नेतृत्व अर्को पुस्ताले लिनुपर्ने आवश्यकता औंल्याउँदै राजीनामा दिएका हुन् ।

बाबुरामको राजीनामा र महाधिवेशनको निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update