जेनजी आन्दोलनका क्रममा हराएका हात हतियार असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौं, असोज १० । जेनजी आन्दोलनका क्रममा हराएका हात हतियार असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयको अनुरोध गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कहीं कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।
यदि सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत मन्त्रालयले जानकारी दिएको छ । सो मिति पश्चात् कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही गरिने पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय